काठमाडौं । नेकपा एमालेले सरकारका कामकारबाहीविरुद्ध देशव्यापी ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

advertisement

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सरकारका गलत कामविरुद्ध देशभर अभियान सञ्चालन गरिनेछ। सरकारले अधिनायकवादतर्फ कदम बढाएको आरोप लगाउँदै आवश्यकताअनुसार सडक र सदन दुवै ठाउँबाट भण्डाफोर गर्ने निर्णय बैठकले गरेको उनले बताए।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com