काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने वा उहाँको राजीनामा माग्ने विषयमा बाहिर आएका चर्चा भ्रामक रहेको बताएका छन्।
अध्यक्ष ओली निवासमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको दाबी गरे।
उनले पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा निराधार रहेको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने स्पष्ट पारे।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया