काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन् ।
सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।
यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न १२:३० बजे बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गरिनेछ। साथै, समितिले होल्डिङ सेन्टरमा गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया