काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ः३० बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक तय गरिएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय गरिने जनाइएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया