काठमाडौं। आफ्नो पक्राउ पुर्जीविरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकेको हो।

advertisement

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

साथै, अदालतले पक्राउ पुर्जीविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो। सोही आदेश अनुरूप आज संयुक्त इजलासमा बहस हुन लागेको हो।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति (पुर्जी) जारी गरेको थियो।

जिल्ला अदालतको उक्त कदम बदर गर्न माग गर्दै सर्वोच्च पुगेका देउवाले आफ्नो रिटमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू हेर्ने कानुनी क्षेत्राधिकार जिल्ला अदालतको नभई ‘विशेष अदालत’ को भएको जिकिर गरेका छन्।

क्षेत्राधिकार मिचेर जारी गरिएको पक्राउ अनुमति कानुन विपरीत रहेको दाबी रिटमा गरिएको छ। आजको इजलासले गर्ने निर्णयलाई राजनीतिक र कानुनी वृत्तमा चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com