काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताको आधारभूत आवश्यकतामै अझै बहस गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

नागार्जुन नगरपालिकाले आयोजना गरेको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले अघिल्ला सरकारहरूले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे । उनले राजधानी काठमाडौंमै सडक, खानेपानीलगायत आधारभूत सेवाका विषयमा अझै समस्या कायम रहनुले विगतको शासन व्यवस्थाको कमजोरी उजागर गरेको बताए ।

advertisement

उनले विकासका आधारभूत विषयलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । विशेषगरी सडक र खानेपानीजस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा राजनीति गर्न नहुने उनको भनाइ थियो ।

सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूप्रति आशा व्यक्त गर्दै अबको ध्यान जनमुखी विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए । साथै, जनताको विश्वास जित्ने गरी काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com