काठमाडौं । मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद को निर्णयविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीशमा नियुक्त भएपछि जेठ ६ गते दर्ता भएका रिटमाथि सोमबार न्यायाधीश मेघराज पोखरेल को एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो।

advertisement

संवैधानिक परिषदले वैशाख २४ गते वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लाई पन्छाउँदै चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल तथा अधिवक्ता गीता थापा लगायतले रिट दायर गरेका थिए।

रिटहरू सुरुआतमै दर्ता नगरी दरपीठ गरिएको थियो भने दरपीठ आदेशविरुद्ध इजलासमा दिइएका निवेदनसमेत रोकिएको बताइएको छ। जेठ ४ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिष्ट्रार विमल पौडेल लाई निवेदन दर्ता गरी भोलिपल्टका लागि पेशी तोक्न निर्देशन दिएकी थिइन्।

तर उक्त आदेश कार्यान्वयन नभएको आरोप लागिरहेको छ। त्यसपछि संसदीय सुनुवाइ समितिले जेठ ५ गते शर्मालाई अनुमोदन गरेको थियो। सोही दिन राष्ट्रपतिसमक्ष सिफारिस, नियुक्ति, शपथ तथा पदभार ग्रहणको प्रक्रिया पूरा गरिएको थियो।

नियुक्ति प्रक्रिया सम्पन्न भएपछि सर्वोच्च प्रशासनले जेठ ६ गते दरपीठविरुद्धका निवेदन दर्ता गरेको थियो। ती निवेदनमाथि सोमबारदेखि सुनुवाइ सुरु भएको हो।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com