तेहरान। इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानुनी अधिकार भएको बताएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न स्ट्रेट अफ होर्मुजको व्यवस्थापन इरानको कानुनी अधिकार भएको स्पष्ट पारेका छन् ।

advertisement

‘इरानद्वारा होर्मुज जलडमरूमध्यको व्यवस्थापनले फारसी खाडी क्षेत्रमा ५० वर्षदेखिको असुरक्षाको अन्त्य गरेको छ,’ रेजाईको भनाइलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर युद्ध सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमाथि प्रतिबन्ध लगाएको छ ।

स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । यहाँबाट विश्व बजारमा ठूलो परिमाणमा तेल ओसारपसार हुँदै आएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com