काठमाडौँ । बालेन शाह ले आज युरोपेली सङ्घ मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे तय गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट तथा संवाद गर्नेछन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल का अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइने, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने छ।
यसअघि पनि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया