काठमाडौं। काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्क लाई १५ दिनभित्र घर खाली गरी सामान लैजान निर्देशन दिएको छ। महानगरले टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घरभाडा बुझाएर सरसामान लैजान सूचना जारी गरेको हो।

काठमाडौं–३ का मृगेन्द्र प्रसाद मिश्रसहितले दिएको निवेदनमाथि सुनुवाइ गर्दै महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते बहाल रकम र बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो।

advertisement

उक्त निर्णयलाई कार्यान्वयन गर्न उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र आदेश कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार महानगरले २०८२ कात्तिक १४ गते निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ।

निर्णय कार्यान्वयन भएको ६ महिना बितिसक्दा पनि भवन खाली नभएपछि घरधनी मिश्रले पुनः वैशाख २१ गते निवेदन दिएका थिए। त्यसपछि महानगरले १५ दिनभित्र बाँकी बहाल रकम बुझाई सरसामान लैजान अन्तिम सूचना जारी गरेको हो।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com