बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि लगिएको थियो । घाइतेमध्ये ३५ जनालाई थप उपचार आवश्यक परेपछि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

advertisement

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विकको अवस्था गम्भीर रहेको छ ।

बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनामा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर र ओखलढुंगालगायत जिल्लाका यात्रु घाइते भएका छन् ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com