काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नयाँ मन्त्रिपरिषद् विस्तारसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरिएको छ । जसअनुसार युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

advertisement

त्यस्तै, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्रालयको मन्त्री बनेका छन् । शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी मनोजकुमार सिंहले श्रम तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन् भने नागेन्द्र शाह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री बनेका छन् ।

प्रदेश सरकारका अनुसार नयाँ मन्त्रिपरिषद् विस्तारसँगै प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com