काठमाडौँ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीराले जनाएअनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई लक्षित गर्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न स्थानमा गरिएका ती आक्रमणका कारण ठूलो मानवीय क्षति भएको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया