काठमाडौं । हर्क साम्पाङ ले आज पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको खोजी गरेका छन् ।
बैठक सुरु हुनासाथ पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको दफा १५ (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरे ।
उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसके नियमावलीको दफा ३१ (१) प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्नसमेत आग्रह गरे ।
हर्क साम्पाङ ले भने, “धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएको छु । सभामुखले रुलिङ गर्न नसकेको अवस्थामा १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउनुपर्यो । नसके ३१ (१) लागू गरेर आजको बैठकबाट मलाई निष्कासन गर्नुपर्यो । म आज रिसाउँदिन, कराउँदिन, यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनुपर्यो, कि मलाई निस्केर जा भन्नुपर्यो ।”
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया