काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिखका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा तारिख बुझ्न उनी आफ्ना सहयोगीसहित अदालत पुगेका हुन् । उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ ।

advertisement

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यसअघि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसयता उनी नियमित रूपमा अदालतमा हाजिर हुँदै आएका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेको अर्को तारिख असार ११ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com