काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रतिनिधिसभा बैठकमा जानकारी दिँदै आर्थिक वर्ष २०८३/८४ मा काठ उत्पादन र बिक्रीमार्फत करिब एक खर्ब रुपैयाँको कारोबार गर्ने योजना रहेको बताइन् ।
उनका अनुसार उक्त लक्ष्य पूरा भएमा देशभित्रको काठको माग आन्तरिक रूपमा पूरा हुनुका साथै विदेश निर्यातसमेत विस्तार हुनेछ ।
मन्त्री चौधरीले नेपाललाई काठमा आत्मनिर्भर बनाउने सरकारको नीति रहेको उल्लेख गर्दै वन क्षेत्रको दिगो उपयोगमार्फत उत्पादन र आम्दानी दुवै बढाइने बताइन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया