विराटनगर। कोशी प्रदेश सभाको बैठकमा विपक्षी दलका सांसद राजेन्द्र राईले रोस्ट्रम कब्जा गर्ने प्रयास गरेपछि सदन तनावपूर्ण बनेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीहरूले असहमति जनाइरहेका बेला सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि नेकपा सांसद राजेन्द्र राई रोस्ट्रममा चढेर माइक तान्ने र फाल्ने प्रयास गरेका थिए ।

advertisement

घटनापछि रातोपाटीसँग कुरा गर्दै सांसद राईले आफ्नो आक्रोश थाम्न नसकेको बताए ।

उनले भने, “हनुमानजस्तो भए सबै तोडफोड गरिदिन्थेँ ।”

‘तपाईं रोस्ट्रममा किन जानुभयो ?

तलैबाट विरोध गर्दा हुँदैनथ्यो ?’ भन्ने प्रश्नमा राईले आफू बोल्नका लागि रोस्ट्रममा गएको बताए ।

उनले भने, “होइन, रोस्ट्रममा माथि नै बोल्नु पर्‍यो, माथि नै गएर कुरा राख्ने भनेर गएको, तर प्रहरीले दिएन ।”

मुख्यमन्त्रीको नीति तथा कार्यक्रममा विपक्षीको आपत्ति

मंगलबार पारित भएको नीति तथा कार्यक्रमको प्रक्रियाप्रति नेकपाको मुख्य आपत्ति छ ।

विपक्षीले विरोध गर्दागर्दै पनि सभामुखले ‘सर्वसम्मत पारित’ भएको घोषणा गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ ।

राईले भने, “सभामुखले सर्वसम्मतले पास भएको होइन, बहुमतले पास भएको हो भनिदिनुपर्‍यो ।

हामीले ७२ घण्टाको समय मागेका थियौं, त्यसमा सम्झौता गरेर जाँदा पनि उहाँले सर्वसम्मत भन्नुभयो, जुन झुट हो ।

हामीले विपक्षमा मतदान गरेका थियौं, संशोधन हाल्ने थियौं । मुख्यमन्त्रीले बोलेको कुरामा फेरि बोल्न पाइन्थ्यो, तर त्यो ठाउँ दिइएन ।”

बुधबारको बैठकमा राजेन्द्र राई रोस्ट्रममा पुगेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो ।

अहिले उक्त विषयमा सभामुखले सबै दलसँग परामर्श गरिरहेका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com