काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी आन्दोलन’का क्रममा भएको मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १६ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

भदौ २३ र २४ गते भएका घटनाबारे अध्ययन गर्न गठित आयोगको विशेष समितिले ती सांसदहरूको भूमिकाबारे छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।

advertisement

आयोगले अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेका सांसदहरूमा मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजीव खत्री, शोम शर्मा, केपी खनाल, दीपक बोहोरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादव रहेका छन् ।

प्रतिवेदनमा पूर्वगृहमन्त्रीसमेत रहेका सुधन गुरुङ र सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनका लागि अनुमति लिएको उल्लेख गरिएको छ । साथै, आन्दोलनका क्रममा भीडलाई उक्साउने तथा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने समूहलाई समेत कानुनी दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन गरिएको समितिले घटनाबारे विस्तृत अध्ययनपछि प्रतिवेदन तयार पारेको थियो । आयोगले उक्त प्रतिवेदन बुधबार प्रधानमन्त्री कार्यालयमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com