काठमाडौं। नेपालमा सवारी साधन को संख्या तीव्र गतिमा बढ्दै गएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकभर दर्ता भएका कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ ।

कुल दर्ता भएका सवारी साधनमध्ये दुई पाङ्ग्रे सवारी साधन अर्थात् मोटरसाइकलको हिस्सा सबैभन्दा ठूलो रहेको छ ।

advertisement

प्रतिवेदन अनुसार देशभर ५० लाख ६४ हजार ३ सय ६४ वटा मोटरसाइकल दर्ता भएका छन् । यो कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हिस्सा हो ।

यसले नेपालीहरूको व्यक्तिगत गतिशीलता र आवतजावतका लागि मोटरसाइकलमाथिको निर्भरता अत्यधिक रहेको देखाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्र २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारी साधन दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यस्तो संख्या ५९ लाख ६७ हजार ८ सय २१ रहेको थियो ।

दर्ता भएका प्रमुख सवारी साधनहरूको संख्या हेर्दा मोटरसाइकल ५० लाख ६४ हजार ३ सय ६४, कार, जीप र भ्यान ४ लाख १२, ट्रयाक्टर र पावर टिलर १ लाख ९८ हजार १ सय ८१, ट्याम्पो १ लाख १८ हजार ७ सय ५१, ई–रिक्सा ८८ हजार ७ सय ९०, बस ७६ हजार १४, ट्रक र टिपर १ लाख ३५ हजार ८ सय ३२ र माइक्रो बस १३ हजार ८ सय ७३ रहेका छन् ।

संघीयता लागू भएपछि सवारी साधन दर्ता र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको मातहतमा गएको छ ।

तर कतिपय प्रदेशहरूले दर्ता भएका सवारी साधनको एकीकृत तथ्यांक नियमित रूपमा पठाउन नसक्दा राष्ट्रिय स्तरमा सही र पूर्ण विवरण संकलन गर्न केही चुनौती देखिएको आर्थिक सर्वेक्षणले औंल्याएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com