काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार (जेठ १४) सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको प्रमुख सचेतक बासना थापा ले जानकारी दिइन् ।

सरकारले जेठ १५ गते संघीय संसद्‌मा पेस गर्ने बजेटलगायत विषयमा बैठकमा छलफल गरिने उनले बताइन् । हामीसँग सरकारले बजेटका बारेमा राय त लिएको छैन, यसअघि विपक्षी दलका प्रमुख सचेतक, संसदीय दलको नेतासँग राय लिने चलन रहे पनि यसपटक लिइएको छैन,” उनले भनिन्, ”हामी भोलि बस्ने संसद्को संयुक्त बैठकमा कसरी पेस हुनेलगायत विषयमा छलफल गर्नेछौँ ।

advertisement

संसदीय दलको बैठकपछि निर्णयलगायत विषयमा पार्टीलाई जानकारी गराउने बासना थापा ले बताइन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com