काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक मतभेद र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र सहकार्यको भावना मजबुत बनाउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास नेपाली नागरिकको साझा तथा पहिलो जिम्मेवारी भएको उल्लेख गरेका हुन् ।
उनले लामो जनआन्दोलन, बलिदान र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउँदै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सम्पूर्ण राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष दाहालले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सहकार्य र आपसी विश्वास अपरिहार्य रहेको बताएका छन् ।
उनका अनुसार राष्ट्रिय हित र जनताको आकांक्षा पूरा गर्न राजनीतिक दलहरूबीच सहमति, सहकार्य र साझा प्रतिबद्धताको आवश्यकता अझ बढेको छ । उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडेर थप प्रभावकारी बनाउनु अहिलेको प्रमुख चुनौती भएको पनि उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया