काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रारम्भिक प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टी स्थापना दिवसका अवसरमा चाबहिलस्थित पार्टी कार्यालयमा आयोजित झण्डोतोलन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आयोगको प्रतिवेदनले विभिन्न महत्वपूर्ण तथ्य उजागर गरेको उल्लेख गर्दै त्यसका निष्कर्ष कार्यान्वयनतर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् ।

advertisement

राजेन्द्र लिङ्देनले अभूतपूर्व जनमतका आधारमा वर्तमान सरकार बनेको उल्लेख गर्दै जनताको अपेक्षा र विश्वासमाथि आघात पुग्ने कुनै पनि काम नगर्न सरकारलाई सचेत गराए । विगतमा एकल बहुमत प्राप्त दलले पूरा कार्यकाल सरकार चलाएको उदाहरण कम रहेको भन्दै उनले अहिलेको सत्तारूढ दलले विगतका कमजोरी दोहोर्याउने छुट नभएको टिप्पणी गरे ।

लिङ्देनले सरकारलाई जनताको विश्वास जोगाउँदै जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरे ।

उनले गणतन्त्र स्थापनापछि करिब दुई दशकको अवधिमा मुलुकले के प्राप्त गर्‍यो र के गुमायो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक भएको बताए । उनका अनुसार यस अवधिमा अर्थतन्त्र सुदृढ हुन नसकेको र सुशासन पनि प्रभावकारी रूपमा स्थापित हुन नसकेकाले अब देशका राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी आवश्यक छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com