काठमाडौं । सरकारले आयकर छुटको सीमा उल्लेखनीय रूपमा वृद्धि गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा बढाउने घोषणा गरेका हुन् ।

advertisement

नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्मको आयमा न्यूनतम एक प्रतिशत कर लाग्नेछ । यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ कायम रहेको थियो ।

सरकारले कर प्रणालीलाई समयसापेक्ष र करदातामैत्री बनाउने उद्देश्यसहित आयकरको दायरा तथा सीमामा पुनरावलोकन गरिएको जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com