काठमाडौं । सरकारले विदेशस्थित केही नेपाली कूटनीतिक नियोग पुनर्संरचना गर्ने निर्णय गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीति र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै तीन देशमा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका हुन् ।
सरकारको निर्णयअनुसार डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गरिनेछ ।
अर्थमन्त्री वाग्लेले कूटनीतिक संयन्त्रलाई समयसापेक्ष, प्रभावकारी र आर्थिक रूपमा व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको बताएका छन् । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा विदेशस्थित नेपाली नियोगहरूको पुनरावलोकन गर्ने नीति लिएको पनि उनले उल्लेख गरे ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया