काठमाडौं। सरकारले राष्ट्रिय सुरक्षा नीति २०७५ लाई पुनरवलोकन गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदको दुवै सदनमा बजेट पेस गर्दै राष्ट्रिय सुरक्षा नीति पुनरवलोकन गर्ने बताएका हुन् ।
अर्थमन्त्री वाग्लले प्रहरीको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने बताए ।
प्रहरीको विधिविज्ञान प्रयोगशाला र अनुसन्धानमा कृत्रिम बुद्धिमता (एआई)को प्रयोगका लागि लगानी वृद्धि गर्ने डा. वाग्लेले बताए ।
उनले भने, ‘प्रहरीको भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं ।’
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया