काठमाडौँ । टिकटकर तुलसा अधिकारी (तुल्सा कलेक्सन प्रालिकी सञ्चालक) लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई इन्टरपोलको रेड नोटिसको आधारमा अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो। उनलाई शनिबार राति नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

advertisement

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ। उनीसहित १० जनाविरुद्ध २०८२ चैतमा सरकारी वकिल कार्यालयले ६ करोड ५२ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको हो।

एक व्यवसायीले दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। आरोप अनुसार उनले व्यवसायीलाई झुटा बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर निरन्तर ब्ल्याकमेल गर्दै करिब ४ करोड ५० लाख रुपैयाँ बराबर नगद तथा जिन्सी लिएको दाबी गरिएको छ।

प्रहरीले उनलाई अब अदालतमा थुनछेक प्रयोजनका लागि उपस्थित गराउने तयारी गरेको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com