काठमाडौंं । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो सार्वजनिक गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार शोभा पाठकलाई बालाजुस्थित वनस्थली क्षेत्रबाट आइतबार बिहान उद्धार गरिएको हो। प्रहरीले उनलाई बिहान करिब ९:१५ बजे फेला पारेको जनाएको छ।
उद्धारपछि पाठकलाई मनोपरामर्श (काउन्सिलिङ) तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल लगिएको छ। साथै, घटनाबारे थप बुझ्न उनका परिवारका सदस्यलाई पनि सम्पर्कमा बोलाइएको प्रहरीले जनाएको छ।
शनिबार राति पाठकले फेसबुकमा भावुक गीतको पृष्ठभूमिमा आफू रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजी कार्य सुरु गरिएको थियो।
पाठकले पछिल्लो समय नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी छन्।
घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै एसपी भट्टराईले भने, ‘उहाँले किन त्यस्तो भिडियो पोस्ट गर्नुभयो भन्ने विषयमा हामी आवश्यक अनुसन्धान गरिरहेका छौँ।’
प्रहरीका अनुसार पाठक हाल सुरक्षित अवस्थामा रहेकी छन्।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया