काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ असन्तुष्ट र उत्तेजित मुद्रामा प्रस्तुत भएपछि आफ्नै पार्टीका सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्ति सम्बन्धी विषय उठाइरहेका बेला सांसद तामाङ आक्रोशित देखिएकी थिइन् ।

advertisement

त्यस क्रममा उनी आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ अघि बढेपछि रास्वपाकै सांसदहरूले उनलाई रोकेका थिए । सो क्रममा रञ्जु दर्शनासहित ज्वाला संग्रौला र भूमिका श्रेष्ठले उनको हात समातेर रोक्ने प्रयास गरेका थिए ।

तर स्थिति शान्त नभएपछि रञ्जु दर्शन र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लिएर गएका हुन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com