काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीको भर्चुअल सचिवालय बैठक बोलाइएको हो। बैठक आजै बेलुका ८ बजे बस्ने छ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनको कारबाही, प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा छलफल हुने बुर्लाकोटीले बताए।

advertisement

यस्तै, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायतका विषयमा छलफल हुनेछ।

साथै जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा पनि छलफल हुने उनले बताए।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com