काठमाडौं । पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई जना घाइते

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति जिप दुर्घटना हुँदा एक वडासदस्यको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा वडा सदस्य ५२ वर्षीय केशवराज पौडेल गम्भीर घाइते भएका थिए। उपचारका लागि पोखरा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com