काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी लाई मनोनीत गरेको छ।

पार्टी सचिवालयको सोमबार बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

advertisement

काठमाडौं निवासी केसी यसअघि सोही आयोगका सदस्यका रूपमा कार्यरत थिए।

पार्टीले उनको अनुभव र संगठनात्मक भूमिकालाई मूल्याङ्कन गर्दै आयोग प्रमुखको जिम्मेवारीमा पदोन्नति गरेको जनाएको छ।

पार्टीका अनुसार मनोनयनपछि रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

सो अवसरमा उनलाई नयाँ जिम्मेवारीबारे जानकारी पनि दिइएको थियो।

केसी काठमाडौँ क्षेत्र नं. ५ (ख) का पार्टी सदस्य समेत हुन्।

पार्टीले उनलाई आफ्नो विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि अनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

केन्द्रीय निर्वाचन आयोग पार्टीभित्र निर्वाचन प्रक्रिया, संगठनात्मक अनुशासन र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निकायका रूपमा रहेको छ।

यसले पार्टीभित्र हुने विभिन्न तहका निर्वाचन तथा संगठनात्मक प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने गर्दछ।

रास्वपाले हाल संगठन सुदृढीकरण र आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने अभियानलाई तीव्र बनाइरहेको छ।

सोही क्रममा विभिन्न जिम्मेवारीमा नयाँ नेतृत्व नियुक्त गर्ने क्रम जारी रहेको पार्टीले जनाएको छ।

भुवन केसी को मनोनयनसँगै आयोगको कार्यसम्पादन अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com