काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका सत्ता घटकका पाँच दलको बहुमत नपुग्ने देखिएको छ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ भने समानुपातिकमा ३२ सिट पाएको छ। त्यस्तै माओवादी केन्द्रले प्रत्येक्षमा १८ र समानुपातिकमा १४ सिट पाएको छ।
नेकपा एसले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिटमा जित निकालेको छ । थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न नसकेका नेकपा एस, लोसपा र जनमोर्चाले समानुपातिकतर्फ प्रतिनिधिसभामा सिट नपाउने भएका छन् ।
यसरी हेर्दा कुल २७५ सदस्यीय प्रतिनिधिसभामा गठबन्धनले १३६ सिट पाएका छन् । बहुमतका लागि प्रतिनिधिसभामा १३८ सिट आवश्यक हुन्छ ।
प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार
प्रतिक्रिया