काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको भन्ने समाचारहरू झूटो भएको बताएका छन्।
उनले अमेरिका र इरानबीच लगातार संवाद भइरहेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरान–अमेरिका वार्ता कुनै पनि दिन नरोकेको र निरन्तर जारी रहेको बताएका हुन्।
उनका अनुसार पछिल्ला केही दिनहरूमा पनि—चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक दिनअघि र आज समेत—दुई देशबीच कुराकानी भइरहेको छ।
यसअघि लेबनानमा भइरहेको आक्रमणका कारण वार्ता रोकिएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर ट्रम्पले त्यसलाई असत्य भन्दै वार्ता निरन्तर चलिरहेको स्पष्ट पारेका छन्।
उनको भनाइ अनुसार इरान–अमेरिका सम्बन्धमा संवाद निरन्तर चलिरहेको छ र कुनै अवरोध आएको छैन।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया