काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा जेन जी पुस्ताका अपेक्षा र आवश्यकताप्रति संघीय सरकार पर्याप्त संवेदनशील नदेखिएको चर्चा भइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले युवामैत्री पहल गर्दै ‘जेनजी छात्रवृत्ति कार्यक्रम’ घोषणा गरेको छ।

नगरपालिकाले एसईई उत्तीर्ण गरेका स्थानीय विद्यार्थीहरूलाई लक्षित गर्दै स्वास्थ्यतर्फ ५० प्रतिशत तथा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको हो। कार्यक्रममार्फत प्राविधिक तथा व्यावसायिक शिक्षामा युवाको पहुँच बढाई दक्ष र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

advertisement

नगर प्रमुख दीपककुमार रिसाल ले युवाको क्षमता विकास र भविष्य निर्माणलाई केन्द्रमा राखेर कार्यक्रम ल्याइएको बताए। उनका अनुसार संघीय तहबाट अपेक्षित प्राथमिकता नपाइरहेका युवाका लागि स्थानीय सरकारले ठोस पहल गरेको हो।

स्वास्थ्यतर्फ विभिन्न प्राविधिक विषयमा ५० प्रतिशत छात्रवृत्ति तथा शंखरापुर बहुप्राविधिक शिक्षालय सँगको सहकार्यमा सिभिल, जियोमेटिक्स, हाइड्रोपावर र अटोमोबाइल इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।

न्यूनतम १.६ जीपीए प्राप्त गरी एसईई उत्तीर्ण गरेका गोकर्णेश्वरका विद्यार्थीले २०८३ जेठ २२ गतेभित्र आवेदन दिन सक्नेछन्।

संघीय बजेटमा युवाका मुद्दा ओझेलमा परेको अनुभूति भइरहेका बेला गोकर्णेश्वर नगरपालिकाको यो पहललाई जेन जी पुस्ताको शिक्षा, सीप र भविष्यप्रतिको उत्तरदायी लगानीका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com