काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रम को कार्यान्वयनमा देखिएका समस्या, चुनौती र सुधारका उपायबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नीशा मेहताले सरोकारवालासँग छलफल गरेकी छन्।

मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य बीमा बोर्डका पदाधिकारी, संघीय अस्पतालका प्रमुख तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

advertisement

छलफलमा बीमा दाबी भुक्तानीमा ढिलाइ, सेवा प्रवाहमा देखिएका समस्या, व्यवस्थापकीय कमजोरी, सेवाग्राहीको पहुँच विस्तार तथा कार्यक्रमको समग्र प्रभावकारिता बढाउने विषयमा गहन समीक्षा गरिएको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी बनाउन नीतिगत तथा प्रशासनिक सुधार आवश्यक रहेको सुझाव दिएका छन्।

साथै, अस्पताल प्रतिनिधिहरूले कार्यान्वयनका क्रममा भोग्नुपरेका व्यावहारिक कठिनाइ र समाधानका उपायहरू पनि प्रस्तुत गरेका थिए।

मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

मन्त्रालयले प्राप्त सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ पारदर्शी, दिगो र नागरिकमैत्री बनाउन आवश्यक सुधार अघि बढाइने जनाएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com