काठमाडौं । भक्तपुरमा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, नौ जना घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बानजिक ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

advertisement

भक्तपुरतर्फ फर्किंदै गरेको ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्दै आएका ३२ वर्षीय विजय राई र सिन्धुली घर भई हाल सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार कलमसीस्थित एक होटलमा ढलानको काम सम्पन्न गरी १२ जना मजदुर बोकेर फर्किरहेको ट्र्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मजदुरहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com