काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने भएका छन् ।
महाभियोग निष्क्रिय भएको पत्र पाएपछि प्रधानन्यायाधीश जबरा बुधबार नै सर्वोच्चमा हाजिर हुन लागेका हुन् । संसदमा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद् सचिवालयले प्रधानन्यायाधीश जबरालाई दिएको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र प्रधानन्यायाधीश जबरालाई पठाइएको पुष्टि गरेका छन् ।
प्रधानन्यायाधी जबराले पनि आफूले महाभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको र आजै अदालतमा हाजिर हुने बताएका छन् । ‘महाभियोग निष्क्रिय भएको पत्र आएको छ । त्यसैले आजै अदालतमा उपस्थित हुन्छ,’ उनले भनेकेा छन् ।
६५ वर्षे उमेरहदका कारण मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश जबराले अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोग दर्ता भएको थियो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेका थिए ।
प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार
प्रतिक्रिया