काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ।

शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक रास्वपाबाट समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरूको अनुपस्थितिका कारण स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए।

advertisement

उनका अनुसार रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेकाले समितिका सदस्य सांसदहरू अधिवेशनमा सहभागी हुन विभिन्न जिल्लामा पुगेका छन्। यही कारण बैठक सञ्चालन गर्न उपयुक्त अवस्था नरहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो।

बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रगतिबारे समीक्षा गर्ने, समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने तथा बैठक सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

समितिले हाल विभिन्न उजुरीहरूको अध्ययन तथा छानबिनका लागि छुट्टै उपसमिति गठन गर्ने तयारी गरिरहेको छ। साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र सरकारी निकायहरूको कामकारबाहीको अध्ययन, अनुगमन तथा मूल्याङ्कनका लागि अर्को उपसमिति गठन गर्ने तयारी पनि अघि बढाइएको छ।

समितिको अर्को बैठक कहिले बस्ने भन्नेबारे भने तत्काल निर्णय भइसकेको छैन।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com