काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेखेका छन् ।

पत्रमा जेलेन्स्कीले दुई देशबीच प्रत्यक्ष वार्ताको प्रस्ताव गर्दै आमनेसामने भेटवार्ताको इच्छा व्यक्त गरेका छन् ।

advertisement

उनले युरोपमा युद्ध फेरि अमेरिकाको ध्यान केन्द्रबिन्दु नबन्नुपर्ने भन्दै ढिलो गर्नु गलत हुने चेतावनी दिएका छन् ।

जेलेन्स्कीले लेखेका छन्, “युरोपमा युद्ध फेरि एक पटक अमेरिकाको ध्यानको केन्द्रबिन्दु नबनेसम्म पर्खनु गलत हुनेछ ।”

उनले युक्रेन र रुसबीच प्रत्यक्ष वार्ताबाट मात्र शान्ति सम्भव हुने बताएका छन् । साथै, वार्ता नभएसम्म पूर्ण युद्धविरामको पनि आह्वान गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले भने प्रस्तावित वार्तालाई तत्काल अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई नेताहरूबीच भेटवार्ता भए राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गरेको छ । पत्रको स्वर चुनौतीपूर्ण र केही खिल्ली उडाउने खालको थियो, जसमा युक्रेनले हालै गरेको रुसी भूभागमा आक्रमण र पुटिनको उमेरलाई पनि उल्लेख गरिएको छ ।

जेलेन्स्कीले पत्रमा लेखेका छन्, “२६ वर्ष सत्तामा रहेपछि, पुटिनको बढ्दो उमेरले अब असर गरिरहेको छ ।” उनले पुटिनलाई प्रत्यक्ष वार्ताको निमन्त्रणा पनि दिएका छन् ।

यो पत्रले युक्रेन–रुस युद्धको समाधानका लागि नयाँ कूटनीतिक प्रयासको सुरुवात गरेको देखिन्छ, तर दुवै पक्षबीचको गहिरो अविश्वासले वार्ता कत्तिको सफल हुन्छ भन्नेमा शंका कायमै छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com