काठमाडौं । सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ।
सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएकाे हाे ।
प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार
प्रतिक्रिया