काठमाडौं। पूर्वगृहमन्त्री सुधन गुरुङ माथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ।
जेठ १८ गते कार्यकाल सकिएको समितिले थप पाँच दिनको म्याद लिएर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। अकुत सम्पत्ति आर्जन, स्रोत नखुल्ने सम्पत्ति र विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
उनको छानबिनका लागि सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।
समितिले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने तयारी गरेको छ। स्रोतका अनुसार सुधन गुरुङ माथि लागेको आरोपबाट सफाइ दिने खालको निष्कर्ष प्रतिवेदनमा समेटिएको छ।
उनीले राजीनामा दिएपछि गृह मन्त्रालय रिक्त छ। अब समितिको प्रतिवेदनका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया