काठमाडौं । नेपाली बजारमा आइतबार सुन प्रतितोला ८ हजार २०० रुपैयाँ घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया