काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह ले शनिबार राति फेसबुकमा लेखेको एउटा स्टाटसले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’ भन्ने स्टाटसलाई धेरैले सरकारका सचिव कृष्णहरि पुष्कर माथिको व्यंग्यका रूपमा बुझेका छन्।

यसअघि प्रधानमन्त्रीको निर्देशनमा सचिव पुष्करलाई पक्राउ गरिएको घटनापछि आएको यो अभिव्यक्तिले प्रधानमन्त्री बालेन्द्र शाह काे पदको गरिमा र जिम्मेवारीमाथि प्रश्न उठाएको छ। आलोचकहरूले सार्वजनिक मञ्चबाट आफ्नै मातहतका कर्मचारीको उपहास गर्नु नेतृत्वको परिपक्वता नभएको टिप्पणी गरेका छन्।

advertisement

स्टाटस हटाइने अनुमान गरिए पनि अहिलेसम्म यथावत् छ। उता प्रधानमन्त्री निकट नेताहरू र सांसदहरूले कमेन्टमार्फत रमाइलो गरिरहँदा, केही बौद्धिक वर्गले भने प्रधानमन्त्रीलाई आफ्नो सार्वजनिक प्रस्तुतिमा संयम अपनाउन सुझाव दिएका छन्।

प्रधानमन्त्रीको ‘होलिडे मुड’ का रूपमा हेरिएको यो स्टाटसले सामाजिक सञ्जालमा भने गम्भीर बहस र आलोचना दुवै निम्त्याएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com