काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।

लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।

advertisement

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो।

तर कांग्रेसबाट शीर्ष नेतृत्व सहभागी नहुने भएपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बे मात्र बैठकमा सहभागी हुने भएका छन्।

वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाइएको यो बैठकलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com