काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले सचिव छविलाल विश्वकर्माले जानकारी दिएका छन्।

गत जेठ १० गते बसेको सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्न १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको भए पनि गठन भएको करिब १५ दिनपछि पहिलो बैठक बस्न लागेको हो।

advertisement

सचिव विश्वकर्माका अनुसार पहिलो बैठकमा कार्यदलले आफ्नो कार्यक्षेत्र, कार्यविधि तथा काम गर्ने ढाँचाबारे छलफल गर्नेछ। आवश्यक परे बैठकले कार्यविधि पनि तय गर्नेछ।

कार्यदलले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्नेछ। कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल लगायत प्रदेश अध्यक्षहरू सदस्य रहेका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com