काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्म स्थगित गरिएको हो ।

advertisement

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com