धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्री फेरबदल नगर्न निर्देशन दिएपछि आन्तरिक असन्तुष्टि बढेको छ ।

असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र तालाबन्दी गरेका छन् ।

advertisement

नाराबाजीकर्ताहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको विरुद्ध नारा लगाएका छन् ।

संसदीय दलको बैठक बसिरहेको बेला अध्यक्ष ओलीले संसदीय दलका नेता रावलसँग टेलिफोनमा कुराकानी गर्दै तत्काल मन्त्री नफेर्न निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि असन्तुष्ट कार्यकर्ताहरूले कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका हुन् ।

यो घटनाले एमाले सुदूरपश्चिम प्रदेशभित्रको आन्तरिक कलह बढ्दै गएको देखाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com