काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणपछि आर्थिक विधेयकमा देखिएका केवल सामान्य त्रुटिहरू मात्र सच्याइएको बताएका छन्। तर, उनले त्यसलाई लिएर संगठित रूपमा गलत सूचना फैलाइएको आरोप लगाएका छन्।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले तथ्य र प्रमाणका आधारमा कुरा गर्न सांसदहरूलाई आग्रह गरे। उनले विधेयकमा करिब ५/६ वटा मात्र सुधार गरिएको र ती सबै परिवर्तनबारे संसदलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताए।
उनका अनुसार बजेट जनताको हितमा भए पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई बदनाम गर्न केही समूह सक्रिय रहेको दाबी गरे।
उनले सवारी साधन आयात र कर प्रणालीबारे उठेका आरोपहरूलाई पनि अस्वीकार गर्दै BYD गाडीसम्बन्धी कर छलीको प्रचार गलत भएको बताए।
अर्थमन्त्रीले पत्रकार र केही मिडिया रिपोर्टप्रति असन्तुष्टि व्यक्त गर्दै ठूला कागजात नबुझी भ्रम फैलाइएको टिप्पणी गरे। उनका अनुसार कोलम वा ढाँचागत परिवर्तनलाई पनि गलत रूपमा प्रस्तुत गरिएको छ।
उनले आफ्नो टिमबाट कुनै सूचना चुहावट वा अनियमितता नभएको स्पष्ट पार्दै सबै आरोप आधारहीन भएको दाबी गरे।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया