काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने भएका छन् । उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारभित्र रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा डेरा सरेका हुन् ।

भैसेपाटीस्थित मन्त्री क्वाटरहरु जेनजी आन्दोलनमा जलेकाले अहिले सरकारले मन्त्रीहरूलाई आवास व्यवस्था गर्न सकेको छैन । काठमाडौंमा घर भएका मन्त्रीहरू घरबाटै मन्त्रालय धाइरहेका छन् भने नभएकाहरुले डेरा प्रबन्ध गरेका छन् ।

advertisement

मन्त्री महावीर पुन ले हिजो पदबहालीपछि पत्रकारसँग कुरा गर्दै सरकारले क्वार्टर दिएन भने मन्त्रालयमै सुत्ने बताएका थिए । नभन्दै उनी आज बिहानै आफ्नो बन्दोबस्तिका सामानसहित मन्त्रालय डेरा सरेका छन् । उनले ४-५ वटा ब्याग र एउटा कार्टुन ल्याएका छन् । आफ्नो सम्पत्ति यत्ति नै भएको पुनले बताए । उनी यसअघि आविष्कार केन्द्रमा नै बस्ने गर्थे ।

डेरा सर्ने क्रममा मन्त्री पुन पत्रकारहरूसँग केहीबेर गफिए ।

 

उनले भने, ‘ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । अब यतै सर्ने भइयो राष्ट्रिय आविष्कार केन्द्रबाट । मेरो सम्पत्ति यही हो । थेगिनसक्नुको सम्पत्ति छ । लौ आज डेरा सर्ने भइयो । भगवानले जता लैजान्छन् त्यतै जानुपर्ने रहेछ ।’

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com