काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविक अर्थ र परिणाम अहिले विस्तारै प्रष्ट हुँदै गएको टिप्पणी गरेका छन्।

उनका अनुसार उक्त नाराको आडमा देशहित विपरीतका गतिविधिलाई सामान्यकरण गर्ने प्रयास भइरहेको छ। देशविरुद्धका कार्यलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, राज्यविरुद्धका गतिविधिलाई अपराध नभई सामान्य विषयझैँ देखाउने प्रवृत्ति बढ्दै गएको उनले आरोप लगाए।

advertisement

महासचिव शंकर पोखरेलले अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी हेरफेर हुने, स्वार्थअनुसारका ‘सेटिङ’लाई कानुनी अभ्यासका रूपमा स्थापित गर्ने प्रयास भइरहेको दाबी पनि गरे। त्यस्तै, अवैध आर्थिक स्रोतलाई प्रणालीगत कमजोरी भन्दै वैधता दिने र पहुँचका आधारमा आफ्ना नजिकका व्यक्तिलाई उन्मुक्ति दिने प्रवृत्ति देखिएको उनको भनाइ छ।

उनले यस्ता अभ्यासले सुशासन र विकासलाई कमजोर बनाउने भन्दै हिजोका कमजोरी सुधार्नु आवश्यक भए पनि त्यसकै नाममा नयाँ विकृति र गलत अभ्यासलाई सामान्य ठान्न नहुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com